उसुका विजयले पाए ६५ लाख !

उसुका विजयले पाए ६५ लाख !

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले उसुका खेलाडी विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँको पुरस्कार सहित सम्मान गरेको छ ।

उसुको थाउलो विश्वकपमा नेपालका लागि कास्य पदक जित्न सफल विजयलाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो ।

प्रधानमन्त्री केपी शर्माले ओलीले बुधबार एक कार्यक्रमका बीच विजयलाई नगद पुरस्कार सहित सम्मान गरे ।

सरकारले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि बनाएरै अन्तराष्ट्रिय एरिनामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार विजयले पुरस्कार रकम प्राप्त गरेका हुन् ।

गत वर्ष जापानमा भएको विश्वकपमा थाउलोको चेनसु विधामा विजयले कास्यले जितेका थिए । उनले ९ दशमलव ६३६ अंक जोड्दै नेपालका लागि ऐतिहासिक कास्य पदक जित्न सफल भए ।

उनको विधामा प्रतिस्पर्धा गरेका मलेसिय र जापानका खेलाडीले क्रमश स्वर्ण र रजत पदक जित्न सफल भएका थिए ।

सन् २०१९ मा नेपालमा भएको साग गेम्समा स्वर्ण पदक जितेका विजय विभागीय टिम आर्मीका खेलाडी हुन् ।