आजदेखि नेपाल टेलिकमको मनसुन अफर : विभिन्न आकर्षक प्याकेज उपलब्ध

आजदेखि नेपाल टेलिकमको मनसुन अफर : विभिन्न आकर्षक प्याकेज उपलब्ध

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल टेलिकमले आज बिहीबार देखि लागू हुने गरी मनसुन अफर घोषणा गरेको छ । जसअन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध हुने टेलिकमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमा समेत उपलब्ध गराइने प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’एपको प्रयोग गरेर ग्राहकले विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्ने उनको भनाइ छ ।