सेमेस्टर प्रणाली : धनिलाई फलिफाप, गरिबलाई अभिशाप

सेमेस्टर प्रणाली : धनिलाई फलिफाप, गरिबलाई अभिशाप

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सम्भवतः संसारकै उत्कृष्ट मध्येको एक भन्थे बिश्लेशकहरु सन् २०१८ मा सेमेस्टर प्रणाली त्रिभुवन विश्वविद्यालयले सुचारु गर्दै गर्दा , म सानै थिएँ, स्मरण गर्दा ९ मा पड्थें जस्तो लाग्छ ।
आजको दिनमा आइपुग्दा त्रि.बि का अधिक्तम कार्यक्रमहरु सेमेस्टर प्रणालीमै हुने गरेका छन् । जे होस् , देख्दा ‘वाह’ गुणस्तरिय शिक्षा देख्न भने पाइएको छ । विविध सबल पक्षहरुलाइ नकार्दै आजको अंशमा यस् प्रणालीका नकारात्मक पक्षहरु समाबेस गरेर यो लेखसँगै अलिकति दुःख तपाईंहरु सामु पस्कन्छु ।

१२ उतिर्ण हुनासाथ २०-२५ लाख ऋण/धन

गरेर बैदेशिक शिक्षा को नाममा आधूनिक दास बन्न गएका कामदार बिद्यार्थीकालागि त नेपालको सेमेस्टर प्रणाली पक्कै अभिसाप नबनेको होला तर कैलाली, रुकुम , ताप्लेजुङ , हुम्ला, बाजुरा लगायतका दुर्गम क्षेत्रमा एक बाली अन्न फलाएर जिविकोपार्जन गर्ने किसानका छोरा छोरि सेमेस्टर प्रणाली मा अटाउँछन् त ? नेपालका लाखौं परिवारहरु जसको बार्षिक आय १ लाख भन्दा कम छ , के उनिहरु सेमेस्टर प्रणाली मा अटाउँछन् ? अवश्य नै अटाउदैनन ।

आजको सेमेस्टर प्रणाली ले गरिबका छोराछोरीलाई अत्याधिक महङ्गो शैक्षिक शुल्कले मात्र मारमा पारेको कहाँ छ र , यो प्रणालीले खुलेआम घोषणानै गरेको छ “तिमि शिक्षाकालमा बाउको सम्पत्ति बुझाएर पढ्न सक्छौ भने आउ अन्यत्र तिमि Not qualified ”

योसेमेस्टर प्रणालीमा ८०% हाजिर पुर्याएर कुनै निमुखा बिद्यार्थीले शैक्षिक शुल्क कसरि तिर्ने ? गरिबहरु आफैं कमाएर पढ्न नपाउने भए कहाँबाट ल्याएर पढ्ने ? फेरि ८०% हाजिर पुर्याएर कसरि कमाउन जाने ?
धर्मदेबि माम्लिङ निवासी रिटायर्ड शिक्षक हुनुहुन्छ एकजना केदार सर , उहाँले ८ पास गरेदेखि शिक्षण पेसा गर्दै , आफु पढ्दै , छोराछोरि पढाउदै , घर व्यवहार टार्दै आफुले English मा ब्याचलर सक्काउनु भयो , छोराछोरि कोहि डाक्टर भए , कोहि शैक्षिक, उहाँले कमाउदै पड्दै गर्ने अवसर पाउनाले न , छोराछोरीले उच्च शिक्षाबाट बञ्चित हुन परेन ।

अनि आजको सेमेस्टर प्रणाली मास्टरस् पढुन्जेल ८०% हाजिर अनिबार्य छ ।
अनि कैलालिका किसानका छोराछोरि काठ्माण्डौमा कोठा बसेर , ८०% हाजिर पुर्याएर, ४,५ बर्षे ब्याचलर, २,३ बर्षे मास्टर्स पढ्न सक्छन् त ? त्यत्रो आँट भएका किसान नेपालमा छन् होला र ? हाम्रा तिरका किसान बरु यसो भन्छन् ” २५ बर्ष सम्म रिन गरि गरि पढायो , पढिसकेर बिदेश जान्छु भन्छ , बरु १८ को हुँदै खाडि छिर्यो भने २५ को हुँदा त घर पो बनाउछ ।”
त्यसैले त म २३ बर्षे बेरोजगार बिद्यार्थी यो भन्न बाध्य भए ” सेमेस्टर प्रणाली धनिलाई फलिफाप, गरिवलाई अभिसाप”

कुशल नेपाल
बिद्यार्थी