प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ नयाँ गीत सार्वजनिक (भिडियो)

प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ नयाँ गीत सार्वजनिक (भिडियो)

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । लोकगायक प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ बोलको गीत सार्वजनिक भएको छ। तीज गीतमा गायक महतलाई गायिका सुनिता दुलालले साथ दिनुभएको छ। सियोन श्रेष्ठको कोरियोग्राफी एवम् निर्देशन रहेको गीतको छायांकन श्याम तामाङले गर्नुभएको हो।

रानी मुना कार्कीले निर्माण गरेको भिडियोमा नायिका अञ्जली अधिकारी र गायक महत स्वयम्ले अभिनय गर्नुभएको छ। गीतमा रत्न बिकको बाँसुरी, हेमन्त कान्छा रसाइलीको सारंगी, मदन रेग्मीको मादल र शिशिर परियारको सनइको धुन सुन्न सकिन्छ।

शब्द र संगीत गायक महतकै रहेको गीत बिहीबार उहाँकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो।