‘सोफा हब’को बुटवलमा १०औँ शाखा सञ्चालन, विशेष अफर घोषणा

‘सोफा हब’को बुटवलमा १०औँ शाखा सञ्चालन, विशेष अफर घोषणा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ‘सोफा हब काठमाडौँ’ले रुपन्देहीको बुटवलमा १०औँ शाखा सञ्चालनमा ल्याएको छ । श्रावण १ गते आफ्नो पाँचौं वार्षिकोत्सव मनाउँदै गरेको सोफा हबले सोही अवसर पारेर बुटवलमा १०औँ शाखा सञ्चालनमा ल्याएको हो ।

उद्घाटन समारोहसँगै कम्पनीले सम्पूर्ण शाखाका ग्राहकका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ। सो योजना अनुसार बुटवल शाखाबाट खरिद गर्ने ग्राहकलाई निःशुल्क डेलिभरी, सोफा किन्दा १० देखि १५ वर्षको वारेन्टी साथै रु. ५,००० देखि २०,००० सम्मको छुट प्रदान गर्ने कम्पनीका प्रोप्राइटर तारालाल धरेलले जानकारी दिए ।

उनका अनुसार ‘सोफा हब काठमाडौँ’ ले हालसम्म काठमाडौँको गोठाटार हाइट, कलंकी (मालपोत कार्यालय नजिकको सानिमा बैंक भवन), सामाखुसी (रेडोन कलेज नजिक कोइराला मार्ट), चितवनको लंकुमा दुइ सोरुम र फ्याक्ट्री सहित २ ठाउँमा, पोखराको मालेपाटन गणतन्त्र चोकमा, नेपालगन्जको राझामा, बिर्तामोडको एनएमसी बिल्डिङमा, धनगढी अत्तरियाको लोटस गल्लीमा र बुटवलमा गरी जम्मा १० वटा शाखा सञ्चालनमा ल्याएको छ।

उनका अनुसार श्रावणको पहिलो हप्ताभरि जुनसुकै शाखाबाट रु. ३५,००० भन्दा माथिको सोफा खरिद गर्ने ग्राहकलाई १५ प्रतिशत छुट दिइनेछ। साथै, गोठाटार शाखाबाट खरिद गर्ने ग्राहकलाई स्मार्ट वाच उपहारमा दिइने व्यवस्था पनि गरिएको छ।

कम्पनीले भरपर्दो, गुणस्तरीय र सस्तो सोफा उपलब्ध गराउँदै आएको सोफा हबको भनाइ छ ।