काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले वातावरणमैत्री अभियानलाई सशक्त बनाउन उपत्यकाका दुई प्रमुख क्रमशः नारायणहिटी पथ र कमलादीस्थित आफ्नै भवन परिसरमा आधुनिक इलेक्ट्रिक भेइकल (ईभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।
बैंकले गाडी चार्ज प्रालिसँगको सहकार्यमा स्थापना गरेको सीसी टू सिंगलगनको क्षमता ४० किलोवाट रहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले चार्जिङ स्टेसन उद्घाटन गर्दै वातावरणीय संरक्षणमा योगदान पुर्याउने उद्देश्यले ईभी चार्जिङ स्टेसन स्थापना गर्ने रणनीति अघि सारेको र आगामी दिनमा सातै प्रदेशमा स्थापना गरिने जानकारी दिए ।
चार्जिङ स्टेसन सर्वसाधारण, ग्राहक तथा ईभी प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । बैंकले आधुनिक प्रविधियुक्त चार्जिङ यन्त्र जडान गरी ग्राहकलाई सहज, सुरक्षित र छरितो सेवा उपलब्ध गराउने लक्ष्य रहेको बैंकले बताएको छ ।



प्रतिक्रिया