टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते

टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। बायाँ हाते तीव्र गतिका बलर अर्शदीप सिंहले अहिलेसम्म भारतीय क्रिकेट टोलीका लागि टेस्टमा डेब्यू गर्न पाएका छैनन्।

तर, टोलीमा रहेका उनी लन्डनमा अभ्यासको क्रममा घाइते भएका छन्। सहायक प्रशिक्षक रायन टेन डोइचेटले समाचार एजेन्सी एएनआईलाई भने, ‘बलिङ गर्दा उनको हातमा चोट लाग्यो। यसपछि उनी अभ्यास सत्रमा भाग लिन सकेनन्।’

भारतले जुलाई १४ मा लन्डनको द लर्ड्स स्टेडियममा इङ्गल्यान्डविरुद्ध एन्डरसन-तेन्डुलकर ट्रफीको तेस्रो टेस्ट हारेको थियो। दुई दिनको आरामपछि टोलीले अभ्यास सुरु गरेको थियो। उक्त अभ्यासमा अर्शदीप घाइते भएका हुन्।

अर्शदीप बिहीबार चौथो टेस्टको लागि अभ्यास गरिरहेका थिए। बलिङ गर्दा बल रोक्न खोज्दा उनी घाइते भए। यो चोट कति गहिरो छ भनेर जाँच पछि मात्र थाहा हुनेछ।