राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्षमा देवकुमार ढकाल चयन

राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्षमा देवकुमार ढकाल चयन

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई नयाँ अध्यक्षको रूपमा चयन गरेको छ। शुक्रबारको बैठकमा सर्वसम्मत निर्णयको साथ ढकालले अध्यक्षको पदभार ग्रहण गरेका छन्।

ढकालसँग नेपाल राष्ट्र बैङ्कमा ३० वर्षभन्दा बढी समयको अनुभव छ र उनले राष्ट्र बैङ्कको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर वित्तीय प्रणाली, बैंकिंग प्रशासन र नियमन प्रणालीका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्।

नवनियुक्त अध्यक्ष ढकाललाई बैंकका सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्राडा रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, व्यवस्थापन समिति सदस्यहरू, कम्पनी सचिव प्रमोद अधिकारी र प्रमुख कार्यकारी अधिकृतको कार्यालयका कर्मचारीहरूले स्वागत गरेका थिए।

राष्ट्रिय वाणिज्य बैङ्क, जुन २०२२ मा स्थापना भएको हो, हाल ३०९ वटा शाखा कार्यालय मार्फत देशभर ७७ वटै जिल्लामा लगभग ४७ लाख सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले आफ्नो सेवालाई समयसापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवामा ध्यान केन्द्रित गर्दै रहेको छ।