‘शेखर कोइरालाले कांग्रेसमा हैसियत राख्नुहुन्न, अर्को वैकल्पिक सरकार बन्ने कुरा सपनामा पनि नसोचे हुन्छ’ : पोखरेल

‘शेखर कोइरालाले कांग्रेसमा हैसियत राख्नुहुन्न, अर्को वैकल्पिक सरकार बन्ने कुरा सपनामा पनि नसोचे हुन्छ’ : पोखरेल

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले कांग्रेस–एमालेको सत्ता गठबन्धन आगामी २०८४ सम्म कायम रहने दाबी गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित साक्षात्कारमा उनले भने,‘यो गठबन्धनको अहिले विकल्प छैन। ०८४ सम्म नै यो गठबन्धन ढुक्कसँग जान्छ । तलमाथि हुने कुनै सम्भावना छैन ।’

उनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलको नेता बन्ने हैसियत नै नराख्ने टिप्पणी गरे । उनले भने,‘उहाँ शेखर कोइरालाले आफ्नो दलभित्र त्यो हैसियत राख्नुहुन्न । अर्को वैकल्पिक सरकार बन्ने कुरा सपनामा पनि नसोचे हुन्छ । त्यस्तो सम्भावना देख्दिनँ ।’

उनले वैकल्पिक सरकार बन्ने सवालमा आफ्नो पार्टीभित्रबाट कुनै विद्रोह नहुनेसमेत ठोकुवा गरे । उनले भने,‘हाम्रो पार्टीभित्र विद्रोह हुँदैन । विद्या भण्डारीले विद्रोह गर्न सक्नुहुन्न । उहाँको चरित्र त्यस्तो छैन । अहिले केपी ओलीको नेतृत्व हुँदाहुँदै विद्रोह गर्ने अवस्था छैन ।’

नेता पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको कुरा साँचो भएको स्पष्ट पारे । उनले भने, ‘उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको छ, यो कुरा संगठन विभाग प्रमुखले भन्नुभएको छ । उहाँले पनि भन्नुभएको छ ।’ उनले अहिले देखिएको ओली र भण्डारीबिचको विवादको सेटलमेन्ट चमत्कारिक रूपमा हल हुने ठोकुवा गरे ।

पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने विषयले अहिले सिङ्गो मुलुक नै तरङ्गित भएको उल्लेख गरे । तर, एमाले केन्द्रीय कमिटी बैठकपछि यस विषयमा एउटा निष्कर्षमा पुग्ने उनले जानकारी दिए ।

उनले भने,‘यो विषयले सिङ्गो देश तरङ्गित भएको छ । एमालेभित्र नभएर कांग्रेसको केन्द्रीय समितिको बैठकमा समेत यो विषय प्रवेश गरेको छ । विज्ञ र विश्लेषकहरूले विचार राख्नुभएको छ। हामी संसदीय प्रणालीलाई अवलम्बन गरेका छौँ । सुधारिएको संसदीय प्रणाली भन्नुपर्छ । राष्ट्रपति भएकाहरू सामान्यतया राजनीतिमा आएको देखिँदैन । खास गरी बेलायत र भारतमा त्यस्तो देखिँदैन । सङ्घीय गणतन्त्रको प्रतीकको रूपमा रहने राष्ट्रपति पुनः राजनीतिमा नआए हुन्थ्यो भन्ने जनताको भावना देखिँदै छ । यो पार्टीको विषयवस्तु भएको हुँदा केन्द्रीय कमिटीको बैठकमा निक्र्यौलमा पुग्छौँ । साउन ५ गतेबाट केन्द्रीय कमिटीको बैठक बस्दै छ । तर, पार्टीकै नेतृत्व गर्ने भन्ने सन्दर्भमा हाम्रो पार्टीमा गम्भीरताका साथ छलफल भइरहेको छ।’