एमाले पोलिटब्यूरो बैठकः उपाध्यक्ष पौडेलको प्रतिवेदनमा छलफल जारी

एमाले पोलिटब्यूरो बैठकः उपाध्यक्ष पौडेलको प्रतिवेदनमा छलफल जारी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालय च्यासलमा जारी छ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा छलफल भइरहेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, हालसम्म ३२ पोलिटब्यूरो सदस्यले आफ्नो धारणा प्रस्तुत गरिसकेका छन्, र बाँकी ४० सदस्यले छलफलमा भाग लिन बाँकी छ।

बैठकले सचिवालयबाट पारित अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन अनुमोदन गर्ने जानकारी प्राप्त भएको छ।

आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशनको आयोजना गर्ने योजना पनि बैठकमा प्रस्तुत गरिएको छ।