टोकियो, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२औं राष्ट्रिय महाधिवेशन जुलाई २० मा टोकियोमा सुरु हुँदैछ। अधिवेशनपछिको निर्वाचन जुलाई २७ मा हुने तय भएको छ। यही निर्वाचनमा ओसाकाबाट कृष्णप्रसाद भुसालले केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
विद्यार्थी जीवनदेखि समुदाय सेवा–मुख्य परिचय
कृष्णप्रसाद भुसालको सामाजिक यात्रा विद्यार्थी जीवनमै सुरु भएको हो। उनी स्वयम् एक सक्रिय विद्यार्थी नेता थिए, जसले विद्यार्थीका भावना, समस्या र संघर्षलाई प्रत्यक्ष रूपमा अनुभूत गरेका छन्। यही अनुभव आज पनि उनले जापानमा रहेका नेपाली विद्यार्थीहरूको हितमा काम गर्न प्रयोग गरिरहेका छन्।
व्यवसायमा सफलता, सेवामा निरन्तरता
हाल व्यवसायमा सक्रिय रहे पनि भुसाल नेपाली विद्यार्थीहरूका लागि कलेज छनोट, परामर्श र आवश्यक सहयोग पुर्याउने काममा निरन्तर लागिरहेका छन्। कार्यक्रमहरूको आयोजना, परामर्शदाता भूमिका र नेतृत्वमा उनी अग्रसर छन्।
गम्भीर समस्यामा अग्रपंक्तिको साथ
भुसाल जापानमा नेपाली विद्यार्थीहरू आत्महत्या जस्ता संवेदनशील समस्यामा परेका बेला समाधान खोज्ने अग्रपंक्तिका व्यक्तित्वको रूपमा चिनिएका छन्। उनी सधैं पीडामा परेका युवाहरूको आवाज बनेर अघि बढ्ने प्रयासमा देखिन्छन्।
युवामैत्री सोच, सामुदायिक नेतृत्व
उनको सोच प्रगतिशील, व्यवहारिक र युवामैत्री छ। व्यक्तिगत लाभभन्दा समुदायको समृद्धिमा विश्वास राख्ने भुसालले उम्मेदवारीमार्फत सन्देश दिएका छन्—“यो चुनाव पदका लागि होइन, नेपाली विद्यार्थीहरूको आवाजलाई संस्थागत गर्नका लागि हो।”
विद्यार्थीको प्रतिनिधि बन्ने आशा
कृष्णप्रसाद भुसाललाई समर्थन गर्नु भनेको जापानभर छरिएर रहेका हजारौं नेपाली विद्यार्थीको आवाजलाई बलियो बनाउनु हो। उनको उम्मेदवारीले एनआरएनए जापानमा एक संवेदनशील, व्यवहारिक र जिम्मेवार नेतृत्वको सम्भावना प्रस्तुत गरेको छ।



प्रतिक्रिया