पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पेन्डिङ, पार्टीले निर्णय पछि गर्ने

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पेन्डिङ, पार्टीले निर्णय पछि गर्ने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा एमालेमा सक्रिय हुने विषयमा पोलिटब्यूरो बैठकमा छलफल भएको छ। शुक्रवार र शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा भण्डारीको पार्टीमा समावेशीकरण र सदस्यता नवीकरणका बारेमा गम्भीर छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

गौतमका अनुसार, “गरिमामय पदमा पुगेका व्यक्तिले पार्टीमा प्रवेश गर्दा के असर पर्ने हो भन्ने विषयमा गम्भीर विचारविमर्श भयो। पार्टीमा आउने कुराले के प्रभाव पर्न सक्छ भन्ने बारेमा धेरै प्रश्न उठे। कमिटीले यो विषयमा गम्भीर ध्यान दिएका छन्। अध्यक्षले अर्को बैठकमा थप छलफल गर्नुपर्ने कुरा भन्नुभएको छ।”

भण्डारीको सदस्यता नवीकरण हाल पेन्डिङमा रहेको जानकारी पनि गौतमले दिएका छन्। पार्टीले यस विषयमा पछि निर्णय गर्ने उनले स्पष्ट पारे।