विचार मिल्ने पार्टीसँग एकताका लागि महरालाई वार्ताको जिम्मा

विचार मिल्ने पार्टीसँग एकताका लागि महरालाई वार्ताको जिम्मा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्ने पार्टीसँग एकता स्थापित गर्नका लागि उपाध्यक्ष कृष्णबहादुर महरालाई जिम्मा दिएका छन्। केही समय अघि खुमलटारमा बसेको बैठकमा प्रचण्डले महरालाई यी पार्टीहरूसँग संवाद थाल्न निर्देशन दिनुभएको हो।

उपाध्यक्ष महराले माओवादी केन्द्रका विभिन्न विचारधारा साझा गर्ने दलहरू—नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, र धमेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)—सँघ वार्ता र संवाद सुरु गर्नको लागि निर्देशन प्राप्त भएको जानकारी दिनुभएको छ।

यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग भने माओवादी केन्द्रले महाधिवेशनसम्म एकता गर्ने सहमति पनि गर्न सकिएको छ। यसअघि, माओवादी केन्द्रका नेताहरूले पूर्वमाओवादी घटकहरूसँग पहिलो चरणमा एकता वार्ता अघि बढाउने कुरा बताएका थिए।

समाजवादी मोर्चामा आबद्ध नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लगायतका दलहरूसँगको सहकार्यको विषयमा दोस्रो चरणमा छलफल गर्ने तयारी गरिएको छ। यद्यपि, माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच तत्काल एकता हुने सम्भावना नदेखिएको प्रचण्डले यसअघि नै स्पष्ट पारिसक्नुभएको छ।