हिमालयन १०० मा क्षितिज च्याम्पियन

हिमालयन १०० मा क्षितिज च्याम्पियन

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’को खुलातर्फको उपाधि शनिबार क्षितिज भण्डारीले जितेका छन्। २४७ खेलाडीको सहभागिता रहेको एकदिने प्रतियोगिता त्रिपुरेश्वरस्थित वोगनभिल्ला हलमा आयोजना गरिएको थियो।

भण्डारीले ९.५ अंक प्राप्त गरेर १० हजार रुपैयाँ नगद पुरस्कार जिते। दोस्रो स्थानमा सिएम पुरुषोत्तम सिलवालले ९ अंक जोडे, र तेस्रो स्थानमा मुकुन्द नापित रहे।

यस प्रतियोगितामा ६ देखि ८४ वर्षसम्मका खेलाडीहरूले भाग लिएका थिए, र कुल ६७ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो। उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गरे।