गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : अध्यक्ष ओली

गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : अध्यक्ष ओली

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भविष्यको बारेमा पार्टीको केन्द्रीय कमिटीबाट निर्णय गर्ने भएको छ।

शुक्रबार च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको बारेमा उचित समयमा निर्णय गरिने बताउनुभयो।

भण्डारीले पार्टीको सदस्यता नविकरण गरी सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन्, तर एमालेभित्र उनको पुनः सक्रियता बारे मत विभाजित छ। एक पक्षले राष्ट्रपति पदको गरिमामय पदमा पुगिसकेको व्यक्तिलाई राजनीतिमा फर्काउनु उचित नहुने तर्क गरे पनि, अर्को पक्ष भने उनलाई राजनीतिमा ल्याउनुपर्ने पक्षमा छ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष ओलीले बैठकमा राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्तिको राजनीति प्रवेश गम्भीर विषय भएको उल्लेख गर्दै, ७० वर्षे उमेर र दुई कार्यकालको सिमा हटाएर, विधानमा आवश्यक व्यवस्था गरिएको जानकारी दिएका छन्।