एनभिएद्वारा एनआइएमबी बैंकविरुद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक

एनभिएद्वारा एनआइएमबी बैंकविरुद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक

साझा पेज
286
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए) ले नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबी) बैंकविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिकाविपरीत बैंक वित्तीय संस्थाहरुले मूल्याङ्कनकर्ताहरुलाई शर्तनामा गराउने र एकपक्षीय रुपमा बिना सुनुवाई कालोसुचीमा राख्ने सम्मको कारवाहि प्रकृया जारी राखेको एनभिएले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

आगामी साउन १२ गतेबाट संस्था चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणासहित अधिराज्यव्यापी रुपमा नेपाल इन्भेष्टमेण्ट मेघा बैंकमा सम्पुर्ण मूल्याङ्गन सम्बन्धी कार्य बन्द गर्ने बताइएको छ । नेपाल बैंकर्स संघ र नेपाल भ्यालुयर्स एशोसियसनबीच भएको Service Draft Agreement Format तत्काल पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने, घर/जग्गाको मूल्य र मूल्याङ्कन घटेकै आधारमा मूल्याङ्कनकर्ता इन्जिनियरहरुमाथी गरिएको कालोसुचीलगायतका कारवाहिको सिफारिस फिर्ता लिनुपर्ने उनीहरुको माग छ ।

त्यस्तै, अनगिन्ती मूल्याङ्कनकर्ता इन्जिनियरहरु सुचिकृत गर्ने तर काम नदिने परिपाटी तुरुन्त अन्त्य गरिनुपर्ने, चक्रीय प्रणालीअन्तर्गत काम बाँडफाड गरिनुपर्ने,न्युनतम मासिक रुपमा सुचिकृत मूल्याङ्कनकर्ताहरुले कार्यादेश प्राप्त गर्ने सुनिश्चित गर्नुपर्ने, नेपाल भ्यालुयर्स एशोसियसनद्वारा जारी मूल्याङ्कन परामर्श सेवा शुल्क तत्काल लागु हुनुपर्ने उनीहरको माग छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकको निर्देशिकाबमोजिम मूल्याङ्कनकर्ता इन्जिनियरहरुको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्व अनिवार्य उल्लेख गरी मात्र मूल्याङ्कनकर्ताहरुसँग संझौता गरिनुपर्ने र मूल्याङ्कनकर्ताहरुलाई विभिन्न बहानामा काम नदिई निलम्बन गरेको कारवाही तत्काल फिर्ता गर्नुपर्ने उनीहरुको माग रहेको छ ।