एमएन अस्पतालमा उपचार गराउँदा मुक्तिनाथ बैंकका ग्राहकलाई १५% सम्म छुट

एमएन अस्पतालमा उपचार गराउँदा मुक्तिनाथ बैंकका ग्राहकलाई १५% सम्म छुट

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको बसुन्धरास्थित एमएन अस्पतालमा अब उपचार गराउँदा मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरूले १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

एमएन अस्पताल र मुक्तिनाथ विकास बैंकबीच भएको व्यावसायिक यस सम्झौतापछि बैंकका ग्राहकहरूलाई अपरेसन, प्रयोगशाला परीक्षण, एक्स–रे, औषधि लगायतका विभिन्न स्वास्थ्य सेवामा विशेष छुट सुविधा उपलब्ध हुने भएको हो।

एमएन अस्पतालले गुणस्तरीय, सुलभ र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। यस सहकार्यबाट अझ धेरै नागरिकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

बैंकले भने आफ्ना ग्राहकहरूको हितमा यस्ता सेवामूलक साझेदारीहरू आगामी दिनहरूमा अझै विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

यस प्रकारको सहकार्यबाट ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र किफायती रूपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ।