बीवाइडीको नयाँ मोडल सिलायन सेभेन नेपालमा, यस्तो छ आकर्षक फिचर

बीवाइडीको नयाँ मोडल सिलायन सेभेन नेपालमा, यस्तो छ आकर्षक फिचर

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बीवाइडीको नयाँ गाडी सिलायन सेभेन नेपालमा भित्रिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सिलायन सेभेन बिहीबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरेको छ । साइमेक्स कम्पनीले गाडीको बुकिङ असार २० गतेदेखि खुलाएकामा बिहीबारबाट बेच्न सुरु गरेको छ । कम्पनीले गाडीको ‘अर्ली बर्ड अफर’ स्वरूप ७२ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

तर, गाडीको खास मूल्य ७४ लाख ९९ हजार रुपैयाँ हो ।

कम्पनीले गत वर्ष अटो नाडा सोमा प्रदर्शनी सुरु गरेको थियो । सिलायन सेभेनले बजारमा डीपल एस ०७, महिन्द्रा बीड़ ६, एक्सयूभी ९ ई र लीपमोटर सी १० सँग प्रतिस्पर्धा गर्ने देखिन्छ।

सिलायन सेभेन ४.८ मिटर लामो एसयूभी भएको गाडीको एक सय किलोवाटको मोटर पावर रहँदा ७१.८ किलोवाट आवर (युनिट) ब्याट्री प्याक छ । गाडीमा एक पटक चार्ज गरेमा गाडीले ४४० किलोमिटरभन्दा धेरै रेन्ज दिने कम्पनीको दाबी छ । गाडीमा १५.६ इन्चको रोटेड टचस्क्रिन र १०.२५ इन्चको क्लस्टर छ ।

पानारोमिक ग्लास सनरुफ, अगाडि र पछाडि सेन्सर, ३६० डिग्री क्यामेरा, रिभर्सिङ क्यामेरा, एन्ड्रोइड अटो र एप्पल का प्ले ६ वटा एयरब्याग, राडर, मल्टिपल क्यामरा, १२ वटा सेन्सर, ब्लाइन्ड स्पट वार्निङ, हाइ बिम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट गाडीका छन् ।