नेपालमै पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो हुँदै

नेपालमै पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो हुँदै

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको फिटनेस प्रदर्शनी हुने भएको छ।

क्लासिक फिटनेस एकेडेमी को आयोजनामा नेपाल फिटनेस एक्स्पो भदौ १४ गतेदेखि काठमाडौंको होटल मल्लमा हुने भएको हो। एकेडेमीले फिटनेसलाई शिक्षाको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित यो एक्स्पो आयोजना गर्न लागेको हो।

क्लासिक फिटनेस एकेडेमीका संस्थापक रोजल शाहीका अनुसार यो एक्स्पो नेपालमै पहिलो अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी हो।

‘यो इभेन्ट मात्रै होइन,’ शाहीले भने, ‘फिटनेसलाई जीवनशैलीको रूपमा स्थापित गर्दै युवालाई सशक्त बनाउने र नेपाललाई स्वस्थ भविष्यतर्फ लैजाने अभियान हो।’

क्लासिक फिटनेस एकेडेमीले करिब ३ हजार दर्शकले एक्स्पो अवलोकन गर्ने अपेक्षा राखेको छ। फिटनेसप्रति रुचि राख्ने व्यक्ति, प्रशिक्षक, खेलाडी, व्यवसायी तथा ब्रान्ड प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहने आयोजकको विश्वास छ।