सांसद डा. सुनिल शर्माद्वारा बेलबारी नगर अस्पतालको नयाँ भवन उद्घाटन

सांसद डा. सुनिल शर्माद्वारा बेलबारी नगर अस्पतालको नयाँ भवन उद्घाटन

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ। नेपाली कांग्रेसका संघीय सांसद डा. सुनिल शर्माले मोरङ जिल्लाको बेलबारी नगर अस्पतालको नयाँ भवन उद्घाटन गरेका छन्। यसअघि बेलबारी नगरपालिका–१ मा सञ्चालनमा रहेको अस्पताल अब बेलबारी–४, बुधबारेमा स्थानान्तरण गरिएको हो।

शनिबार बिहान आयोजित एक विशेष समारोहका बीच मोरङ क्षेत्र नं. ३ का सांसद डा. शर्माले नयाँ भवनको उद्घाटन गरे। अस्पताल प्रशासनका अनुसार आइतबारदेखि सबै सेवा नयाँ भवनबाट औपचारिक रूपमा प्रदान गरिनेछ।

डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी पूर्वदेखि पश्चिमसम्म विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। ती शिविरहरूमा गम्भीर प्रकृतिका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था गर्ने कार्य पनि निरन्तर चलिरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा मोरङ क्षेत्रका बासिन्दालाई लक्षित गर्दै ५० शय्याको निःशुल्क क्याबिन सेवा सञ्चालनमा ल्याइएको छ। डा. शर्माले पार्टी वा पहिचानभन्दा माथि उठेर सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

हालै उनले बेलबारीमा एक एम्बुलेन्स हस्तान्तरण गरेका छन् भने देशभर सात स्थानमा आफ्नै निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी सामाजिक तथा मानवीय कार्यले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने धारणा अझ मजबुत बनाएको छ।