नगरप्रमुख साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नगरप्रमुख साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख राम पुकार साहविरुद्ध एक लाख रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार कल्याणपुर नगरपालिका वडा नं. ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग विचौलियामार्फत घुस लिएको पुष्टि भएको छ ।

आयोगका अनुसार सेवाग्राहीबाट साहलाई एक लाख रुपियाँ घुस लिएको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रकम एक लाख रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।