काठमाडौं । काठमाडौं बसुन्धरामा रहेको एमएन अस्पतालले हेराल्ड्स एन्जल्स मण्टेसरीमा निःशुल्क दन्त तथा साधारण स्वास्थ्य शिविर आयोजना गरेको छ। मण्टेसरी बालबालिका र अभिभावकलाई लक्षित गरी आयोजना गरिएको यस शिविरमा १५० भन्दा बढी अभिभावक र बालबालिकाको उत्साहजनक सहभागिता रहेको अस्पतालले जनाएको छ।
शिविरमा बालबालिकाको मुख स्वास्थ्य, नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक रोग पहिचान तथा स्वास्थ्य सल्लाहजस्ता सेवाहरू प्रदान गरिएको थियो। साथै, मण्टेसरीका शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी र सहयोगी बनाएको आयोजकहरूले बताएका छन्।
एमएन अस्पतालका अध्यक्ष कपिल ज्ञवालीका अनुसार यस्तो खालको स्वास्थ्य शिविरले बाल्यावस्थादेखिकै स्वास्थ्य सचेतना बढाउन, अभिभावकमा स्वास्थ्यप्रतिको चासो बढाउन र समुदायस्तरमा रोगको प्रारम्भिक पहिचान गर्न मद्दत पुर्याउनेछ।
थप जानकारीका लागि:
एमएन अस्पताल
📍 स्थान: बसुन्धरा चौकी, काठमाडौं, नेपाल
📞 सम्पर्क: ९८५१४०३०९६




प्रतिक्रिया