काठमाडौं । काठमाडौं बसुन्धरामा रहेको एमएन अस्पतालले अब कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीहरूलाई आफ्नो सेवामा १५ प्रतिशतसम्म छुट दिने भएको छ।
कामना सेवा विकास बैंक र एमएन अस्पतालबीच भएको सेवा शुल्क छुटसम्बन्धी समझौतापछि, अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवा – जस्तै परीक्षण, उपचार, परामर्श आदिमा बैंकसँग आबद्ध व्यक्तिहरूले छुट सुविधा लिन सक्नेछन्।
यो सुविधा बैंकसँगको ग्राहक सम्बन्ध प्रमाणित गर्ने कागजात प्रस्तुत गरेपछि सहज रूपमा प्राप्त गर्न सकिनेछ। अस्पतालले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउँदै आएको छ, र यस सहकार्यले थप व्यक्तिहरूलाई लाभ पुर्याउने अपेक्षा गरिएको छ।
सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र एमएन अस्पतालका अध्यक्ष कपिल ज्ञवालीले हस्ताक्षर गरेका छन्।




प्रतिक्रिया