नेकपा (एमाले)मा अध्यक्ष ओलीको विकल्प छैन : महासचिव पोखरेल

नेकपा (एमाले)मा अध्यक्ष ओलीको विकल्प छैन : महासचिव पोखरेल

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताउनुभएको छ। एमाले कोसी प्रदेश कमिटीको सातौं पूर्णकालीन बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो।

उहाँले भन्नुभयो, ‘एमालेलाई यो अवस्थासम्म ल्यउन अध्यक्ष ओलीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। यो विषम परिस्थितीबाट पार्टीलाई जोगाउन उहाँको विकल्प छैन।’

पछिल्लो समय पार्टीको नेतृत्वको विषयमा चार्चा भइरहेकाले ओलीको विकल्प ओली नै रहेको पोखरेलले प्रष्ट पार्नुभएको हो।

उहाँले पूर्व राष्ट्रपति विद्या भण्डारी पार्टी र अध्यक्ष भन्दा माथि भएकाले राजनीतिमा फर्कन नमिल्ने बताउनुभयो।

फरका प्रसङ्गमा बोल्दै महासचिव पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको नारालाई राष्ट्रिय आकांक्षा मात्र नभएर गन्तव्यको रुपमा अगाडि बढाउने दाबी गर्नुभएको छ।