काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिहीन र अव्यवस्थित बसोबासीले जमिन पाउनुपर्ने बताएका छन् । उनले सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरूलाई भनेका छन् ।
मंगलबार आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,“यो आयोग काम नगर्नका लागि वा विगतका जस्तै असफल हुनका लागि गठन गरिएको होइन । काम गर्नका लागि, परिणाम निकाल्नका लागि र लालपुर्जाविहीनलाई त्यसबाट मुक्त बनाउनका लागि गठन गरिएको हो, भूमिहीन र अव्यवस्थित बसोबासीले जमिन पाउनुपर्छ ।’
उनले कांग्रेससँग एमालेले विशिष्ट अवस्थामा सत्ता सहकार्य गरेको भन्दै यो सहकार्य आगामी ०८४ को निर्वाचनसम्म कायम रहने बताए । उनले अहिले बलियो र स्थिर सरकार भएकोले भूमिहीनको पक्षमा दृढताका साथ काम गर्नपनि निर्देशन दिए ।



प्रतिक्रिया