नेपालको ईभी बजारमा नयाँ मापदण्ड कायम गर्न दिपल एस०५ सार्वजनिक हुँदै

नेपालको ईभी बजारमा नयाँ मापदण्ड कायम गर्न दिपल एस०५ सार्वजनिक हुँदै

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको नम्बर १ लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले यसै साता नयाँ एसयूभी दिपल एस०५ सार्वजनिक गर्ने तयारी गरेको छ। लक्जरी, शैली र अत्याधुनिक प्रविधिको अद्वितीय संयोजनका साथ आउने एस०५ लाई कम्पनीले कम्प्याक्ट सेग्मेन्टमा नयाँ स्तर कायम गर्ने दाबी गरेको छ।

दिपल एस०७ को सफलतापछि बजारमा ल्याउन लागिएको एस०५ लाई विश्वप्रसिद्ध आईएफ डिजाइन अवार्ड प्राप्त भइसकेको छ। बोल्ड एरोडाइनामिक सिल्हट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रेरित एलईडी टेललाइट यसको डिजाइनको मुख्य आकर्षण हुनेछन्।

भित्र प्रवेश गर्दै यात्रुहरूले प्रिमियम लक्जरीको अनुभूति पाउनेछन्। नेपालमै पहिलोपटक जिरो ग्राभिटी कम्फर्ट सिट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फङ्सन र वन–टच न्याप मोडसहितको ‘क्विन को–पाइलट’ सिट जडान गरिएको छ। दुवै सिट वेलकमिङ फिचरसहित आएका छन्। ठूलो १६० लिटरको फ्रङ्क, आउटडोर फिचरसहितको १४ स्पिकर सराउन्ड साउन्ड सिस्टम र उत्कृष्ट इन्टेरियर क्राफ्टम्यानसिपले यात्रालाई अझै आरामदायी बनाउने कम्पनीको दाबी छ।

एस०५ मा सेग्मेन्टमै पहिलोपटक ‘रिमोट इन एन्ड आउट पार्किङ’ सुविधा दिइएको छ, जसले साँघुरो स्थानमा सजिलै पार्किङ गर्न मद्दत पुर्‍याउँछ। साथै, एड्भान्स ड्राइभर असिस्ट्यान्स (ADAS २.०) प्रणालीका १९ वटा सुरक्षा फिचरले ड्राइभिङलाई अझ सुरक्षित बनाउनेछन्। अग्मेन्टेड रियलिटी हेड–अप डिस्प्ले मार्फत लाइभ नेभिगेसन, ट्राफिक सिग्नल, स्पिड लगायत आवश्यक सूचना सीधै विन्डस्क्रिनमा देखाइनेछ।

ब्याट्रीमा संसारकै ठूलो निर्माता कम्पनीको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ। यसको आयु ६ लाख किलोमिटर हुने दाबी गरिएको छ भने मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ। यसले चिसो मौसममा पनि उत्कृष्ट प्रदर्शन गर्ने क्षमता राख्छ, जसले नेपालको विविध भौगोलिक र मौसमीय परिस्थितिमा सहज सञ्चालन सम्भव बनाउने कम्पनीको विश्वास छ।

एमएडब्लु वृद्धिले दिपल एस०५ ले नेपालमा एस०७ ले कायम गरेको बजारको प्रभावलाई अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरेको छ।