सिटिजन्स बैंकको सेमिनार सम्पन्न

सिटिजन्स बैंकको सेमिनार सम्पन्न

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मधेस प्रदेशमा शाखा प्रबन्धक तथा सहकर्मीमाझ ‘मधेस लिडरसिप: ड्राइभिङ पर्फर्मेन्स एन्ड अचिभिङ गोल्स’ सम्बन्धी सेमिनार आयोजना गरेको छ ।

सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको हो । सेमिनारमा चालू आर्थिक वर्षका स्थानीय प्राथमिकतामा सहमति जुटाउँदै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको बैंकले जनाएको छ ।

अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको बैंकले बताएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ असारसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानीजस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेसरेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गरेको छ ।

यस अवधिमा बैंककोे कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड पुगेको छ । यसअघि २०८०/८१ असारमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड थियो ।