समिक्षा र रचनाको स्वरमा सुष्मा महराको ‘आयो तीज’ सार्वजनिक

समिक्षा र रचनाको स्वरमा सुष्मा महराको ‘आयो तीज’ सार्वजनिक

साझा पेज
13
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंँ। चर्चित गायिकाद्वय समिक्षा अधिकारी र रचना रिमालको स्वर रहेको नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा सुष्मा महराको शब्द रहेको छ।

मौलिक शब्दहरु समेटिएको गीत लोक रोमान्टिक शैलीमा तयार छ। छमछम नचाउने खालको बनेको गीतमा पुरुषोतम न्यौपानेको संगीत छ। गीतको एरेन्ज केशव बाबुले गरेका हुन्।

गीतको आकर्षक भिडियो समेत निर्माण भएको छ। भिडियोमा गीतकार महरा र प्यारीको अभिनय छ। थुप्रै कोरस समेत प्रयोग भएको भिडियाको निर्देशन शक्ति प्रज्वोेल घिमिरेले गरेका हुन्।

भिडियोमा चक्र बहादर बरालको छायांकन र सतीश श्रेष्ठको सम्पादन रहेको छ। भिडियोको कोरियोग्राफी रोहिया महर्जनले गरेकी हुन्। फेसियल हाउसले निर्माण गरेको भिडियो म्युजिक नेपालको अफिसिय युट्युब च्यालबाट सार्वजनिक गरिएको छ।

कार्यक्रममा गीतकार महरलाले गीतका शब्द केबल शब्द मात्र नभएर आफ्नो जीवन भएको बताइन्। उनले आफ्नो जीवनका बिगत गीतको शब्द मार्फत उतारेकोले गीत तथा भिडियो हेर्नेले आफ्नो जीवन छर्लङ बुझ्ने बताइन्। महराको यो दोस्रो तीज गीत हो। महराले पहिलो गीत झै यो गीतमा पनि दर्शकले धेरै माया दिने धारणा राखिन्।

संगीतकार न्यौपानले गीतका शब्द मौलिक र मार्मिक भएकोले आफुले मर्म नमर्ने गरेर रोमान्टिक शैलीका गीतमा तयार पारेको बताउदा भिडियो निर्देशक घिमिरेले घिमिरेले गीत मौलिक भएकाले आफूले नेपाली कलासंस्कृति झल्कने गरेर भिडियो निर्माण गरेको
बताए।