चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । विभिन्न चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका सूचना अधिकारी उपसचिव अर्चना खड्का अधिकारीका अनुसार बिहीबार राष्ट्रपतिसमक्ष जर्मनीका उडो युजेन भोल्ज र फिनल्यान्डका पेट्री जुहानी पुहाक्का आवासीय र बुर्किना फासोका डेसिरे बोनिफेस सोम र कम्बोडियाका रथ मेने गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।