कांग्रेस सभापति देउवासँग भारतका विदेश सचिवको शिष्टाचार भेट

कांग्रेस सभापति देउवासँग भारतका विदेश सचिवको शिष्टाचार भेट

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतका विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले सत्ताको प्रमुख घटक कांग्रेसका सभापति देउवासँग उहाँको निजी निवास बूढानीलकण्ठ पुगेर भेट गर्नुभएको हो। भेटमा नेपाल–भारत द्विपक्षीय हितका विषयमा छलफल भएको सभापति देउवाले सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको छ।

सभापति देउवाले निवासमा भारतका विदेश सचिवलाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्नुभएको छ। सभापति देउवाले भेटमा नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्न छलफल केन्द्रित भएको बताउनुभएको छ।

‘आज निवासमा भारतीय विदेश सचिव विक्रम मिस्रीलाई स्वागत गर्न पाउँदा खुसी लाग्यो’, विदेशसचिव मिस्रीसँगको भेटपछि देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित घनिष्ठ र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्नमा केन्द्रित थियो।’