पूर्व प्रधानमन्त्री प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पूर्व प्रधानमन्त्री प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भारतका विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका माओवादी अध्यक्ष प्रचण्डलाई उहाँको निजी निवास खुमलटारमा पुगेर भेट गर्नुभएको हो।

भेटमा नेपाल–भारत द्विपक्षीय हितका विषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।