नर्भिक अस्पतालद्वारा बुबाको मुख हेर्ने दिन र तीजलक्षित हेल्थ प्याकेज सार्वजनिक

नर्भिक अस्पतालद्वारा बुबाको मुख हेर्ने दिन र तीजलक्षित हेल्थ प्याकेज सार्वजनिक

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नर्भिक इन्टरनेशनल अस्पतालले बुबाको मुख हेर्ने दिन र तीज पर्वका अवसरमा विशेष हेल्थ प्याकेज घोषणा गरेको छ ।

अस्पतालले बुबाको मुख हेर्ने दिनलाई लक्षित गर्दै विभिन्न परीक्षणमा ३५ प्रतिशत छुटसहितको ‘फादर्स प्याकेज’ सार्वजनिक गरेको हो । यस प्याकेजअन्तर्गत इएसआर, इसीजी, युरिक एसिड, लिपिड प्रोफाइल, सीबीसी, टोटल पीएसए, आरएफटी, एलएफटी, युरिन रुटिन, युएसजी एब्डोमिन एण्ड पेल्भिस, इको स्क्रीनिङ तथा चिकित्सक परामर्श रहेको छ । यो प्याकेजका लागि १५ हजार रुपैयाँ शुल्क रहेकोमा छुटपछि १० हजार रुपैयाँ कायम गरिएको छ ।

यस्तै, अस्पतालले ‘तीज प्याकेज विथ युएसजी ब्रेस्ट’ र ‘बेसिक तीज प्योकज’ पनि सार्वजनिक गरेको छ ।

‘बेसिक तीज प्याकेज’ मा सुगर ऱ्यान्डम, युरिक एसिड, लिपिड प्रोफाइल, युरिया, युएसजी एब्डोमिन एण्ड पेल्भिस, क्रियटिनिन, सीबीसी, छातीको एक्स–रे, इसीजी, युरिन रुटिन र चिकित्सक परामर्श रहेको छ । यो प्याकेजको शुल्क ७ हजार ५ सय रुपैयाँ रहेकोमा छुटपछि ६ हजार कायम गरिएको छ । ‘तीज प्याकेज विथ युएसजी ब्रेस्ट’ ९ हजार ६ सय रहेकोमा छुटपछि ७ हजार ५ सय रुपियाँ कायम गरिएको छ ।

भदौ १ गते सुरु भएका हेल्थ प्याकेजहरु भदौ १५ सम्म सञ्चालन हुनेछन्। छुटसहितको हेल्थ प्याकेज सेवा लिनका लागि ०१–५९७००३२ मा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ ।