जस्मिन पेन्ट्सको चाडपर्व उपहार योजना : विभिन्न उपहारदेखि जापान भ्रमणसम्म

जस्मिन पेन्ट्सको चाडपर्व उपहार योजना : विभिन्न उपहारदेखि जापान भ्रमणसम्म

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जस्मिन पेन्ट्सले ‘चाडपर्वको उमङ्ग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग’ ग्राहक उपहार योजना ल्याएको छ ।

आउँदै गरेका चाडपर्वहरूमा थप उमङ्ग र खुसी प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले भदौ १ गतेदेखि आगामी कार्तिक ३० गते सम्मका लागि ग्राहक लक्षित उक्त योजना ल्याएकाे हो ।

सो योजनामा सहभागी हुन ग्राहकहरूले नजिकैको डिलरहरूबाट कम्तीमा ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् ।
साथै, लक्की ड्र मार्फत विभिन्न उपहारहरू प्राप्त गर्न सक्नेछन् । विजेता घोषणाको लक्की ड्र कार्यक्रमकाे प्रत्यक्ष प्रसारण समेत गरिनेछ । उक्त उपहार योजना मार्फत १०८२ जना ग्राहकहरूले विभिन्न उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

जसअन्तर्गत १ जनाले बम्परमा जापान घुम्न पाउने अवसर, ७५ जनाले डिनर सेट , १०५ जनाले जाडोमा न्यानो बनाउने हिटर, १५१ जनाले अईरन र ७५० जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन् ।

सो ग्राहक उपहार योजनाले सम्पूर्ण ग्राहकहरूको मन जित्न सफल रहनेछ पूर्ण विश्वास रहेको कम्पनीले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरूबाट समेत पुरस्कृत भएको यस कम्पनीले विगत ३१ वर्षदेखि निरन्तर रूपमा ‘नेपाली मनको रङ’ भन्ने स्लोगनका साथ आफ्ना उत्पादनहरू नेपाली ग्राहक समक्ष पुर्‍याइरहेको छ ।