एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य उपचार गर्दा १० प्रतिशत छुट सुविधा

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य उपचार गर्दा १० प्रतिशत छुट सुविधा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्योपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच सम्झौता सम्पन्न भएको छ । उक्त समझदारीसँगै यस बैंकका ग्राहक्हरुले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरि डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाईएको छ ।

यस बैंकका ग्राहकहरुले In house Pathology, Outsourcing Test, Radiology, Ambulance, General Bed Charge, ICU / Surgery Charge सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

उक्त अस्पतालसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।