समाजवादले विभेद अन्त्य गर्छ : माधव नेपाल

समाजवादले विभेद अन्त्य गर्छ : माधव नेपाल

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सामाजिक तथा सांस्कृतिक विभेद अन्त्य गर्नु अत्यावश्यक रहेको बताएका छन्।

अखिल नेपाल महिला संघले आयोजना गरेको प्रशिक्षण तथा तीज विशेष कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले समाजमा रहेका सबै प्रकारका विभेद हटाई समानता, न्याय, मानव अधिकार, समानुपातिक र समावेशी प्रतिनिधित्वमार्फत समाजवादमुखी अर्थतन्त्रको विकास सम्भव हुने बताए।

उनले संविधानले निर्देश गरेको न्याय र समानतामा आधारित प्रणालीले महिलाहरूको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा सहभागिता बढेको र शिक्षा, स्वास्थ्य, उद्यमशीलता तथा सम्पत्तिमाथिको स्वामित्वमा पनि सकारात्मक परिवर्तन आएको उल्लेख गरे।

महिला हिंसा न्यूनीकरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा विभिन्न प्रयासहरू भइरहेका उनले जनाए। साथै, तीजलाई सामाजिक सशक्तीकरण र सद्भावको पर्वको रूपमा मनाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पार्टी उपाध्यक्ष तथा महिला संघकी इन्चार्ज जयन्ती राईले तीजको मौलिकता संरक्षण गर्दै सांस्कृतिक पक्षको प्रवर्द्धन गर्नुपर्ने र त्यसमा देखिएको विकृति हटाउन महिलाहरू स्वयं सचेत हुनुपर्ने बताइन्।