व्यापार बढेपनि नेपाल विद्युत प्राधिकरणको नाफामा गिरावट

व्यापार बढेपनि नेपाल विद्युत प्राधिकरणको नाफामा गिरावट

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको व्यापारिक आम्दानीमा उल्लेख्य वृद्धि भए पनि नाफा भने घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा विद्युत बिक्रीबाट प्राधिकरणले एक खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ आम्दानी गरे पनि नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ।

प्राधिकरणले आइतबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार २०८१/८२ मा नाफा ५ अर्ब ३९ करोड ५० लाखले घटेर नौ अर्ब छ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष २०८०/८१ मा प्राधिकरणले १३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको थियो।

नाफा घट्नुका प्रमुख कारणहरूमा चुहावट वृद्धि, अमेरिकी डलरको भाउ बढ्दा विदेशी ऋण भुक्तानी खर्च बढ्नु, र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुल नहुनु रहेका छन्। बक्यौता असुल नहुँदा त्यसका लागि गरिएको प्रावधानले पनि नाफा प्रभावित भएको प्राधिकरणले जनाएको छ।

यद्यपि, प्राधिकरणको कुल सम्पत्तिमा भने वृद्धि भएको छ। अघिल्लो वर्षको तुलनामा ६.२ प्रतिशतले वृद्धि भई कुल सम्पत्ति ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। कुल सञ्चालन खर्च पनि १०.१५ प्रतिशतले बढेर ९७ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको छ