विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू गुट राजनीतिमा संलग्न नरहेको स्पष्ट पार्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) को हितमा लागिरहेकी बताएकी छन्। विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भण्डारीले पछिल्लो समय आफूलाई लिएर गरिएका अड्कलबाजीहरूप्रति असहमति जनाउँदै कुनै गुट चलाउने वा बनाउने उद्देश्य कहिल्यै नभएको बताइन्।
पत्रकारको जिज्ञासामा प्रतिक्रिया दिँदै भण्डारीले भनिन्, “म एमाले हो, र एमालेको हितमा लाग्छु। गुट चलाउने कुरा मेरो स्वभाव र राजनीतिसँग मेल खाँदैन।”
उनले राष्ट्रपतिबाट अवकाश पाएपछि पनि पार्टीप्रति प्रतिबद्धता जनाउँदै एमालेको सङगठित सदस्यताको नवीकरण गरिसकेको दाबी गरिन्।
पूर्वराष्ट्रपति भण्डारी एमालेको पुरानो नेता तथा महिला आन्दोलनको अगुवाको रूपमा चिनिन्छिन्। पार्टीभित्र हाल देखिएको आन्तरिक खिचातानी र गुटगत राजनीति सन्दर्भमा उनको धारणा सार्वजनिक भएको हो।
उनको यस अभिव्यक्तिलाई पार्टीभित्र चलिरहेका बहस र नेतृत्वप्रति चासो राख्ने पक्षले विशेष अर्थमा लिएको छ।



प्रतिक्रिया