राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘डिजिटल पीसीआर’ मेसिन जडान

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘डिजिटल पीसीआर’ मेसिन जडान

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उक्त अत्याधुनिक मेसिन र सेवाग्राहीको सुविधाका लागि थप गरिएका दुईवटा ‘रिपोर्ट भेन्डिङ मेसिन’ को उद्घाटन गर्दै सेवा शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकार जनतासँग गरेका वाचा पूरा गर्न निरन्तर लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सार्वजनिक गरेको कार्ययोजना अनुरूप नै सरकारी स्वास्थ्य संस्था तथा प्रयोगशालालाई आत्मनिर्भर र विश्वस्तरीय बनाउने निरन्तर अभियानमा छौं। नागरिकले जटिल रोग उपचार परीक्षणका लागि विदेशमा नमुना पठाउनुपर्ने झन्झट हटाउन र खर्चबाट जोगाउन निरन्तर कार्य गर्नेछौँ।”

के हो डिजिटल पीसीआर प्रविधि ?

प्रयोगशालामा जडान गरिएको डिजिटल पीसीआर मेसिन हाल प्रयोगमा रहेको सामान्य पीसीआरभन्दा निकै परिष्कृत र संवेदनशील मानिन्छ। यसले रगत वा नमुनामा अत्यन्तै न्यून मात्रामा रहेको डीएनएलाई समेत सटीक रूपमा पहिचान गर्ने हुँदा रोगको निदान थप विश्वसनीय र प्रभावकारी हुने प्रयोगशालाका निर्देशक डा.रञ्जनराज भट्टले जानकारी दिनुभयो ।

यस प्रविधिको सुरुवातसँगै क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने ईजिएफआर, बीसीआर एबीएल, बीआरएएफ जस्ता म्युटेसनको परीक्षण र रगतमा घुमिरहेको ट्युमरको डीएनएको जाँच अब नेपालमै सस्तो र सुलभ रूपमा गर्न सम्भव हुने डा. भट्टले बताउनुभयो ।

यसका साथै प्रयोगशालामा जडान गरिएको ‘रिपोर्ट भेन्डिङ मेसिन’ ले सेवाग्राहीलाई ठूलो राहत दिनेछ। अब सेवाग्राहीले आफ्नो रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ। सेवाग्राहीले उपलब्ध गराइएको युनिक कोड प्रयोग गरी आफैंले मेसिनबाट रिपोर्ट प्रिन्ट गर्न सक्ने प्रयोगशालाले जनाएको छ । ष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘डिजिटल पीसीआर’ मेसिन जडान