गज्जबको पिरो चाउचाउ अब ५० रुपैयाँमा पनि उपलब्ध

गज्जबको पिरो चाउचाउ अब ५० रुपैयाँमा पनि उपलब्ध

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि. को उत्पादन मध्य गज्जबको पिरो चाउचाउ ५० रुपैयाँमा बजारमा उपलब्ध गराएको छ ।

हालसम्म गज्जबको पिरो चाउचाउ २० रुपैयाँमा प्रति प्याकेट उपलब्ध हुँदै आएको थियो । उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले सोमबारदेखि नयाँ तथा ठूलो प्याकेट, १२० ग्रामको गज्जबको पिरो चाउचाउ ५० रुपैयाँमा बजारमा उपलब्ध गराएको हो ।

यस नयाँ प्याकेटमा उपभोक्ताले स्वादिष्ट कोरियन किम्ची स्वादको अतिरिक्त आनन्द लिन सक्नेछन् । कम्पनीका अनुसार यो उत्पादन अहिले बजारमा पाइने अन्य चाउचाउहरू भन्दा अझ उत्कृष्ट, परिष्कृत र उपभोक्तामुखी छ भन्ने कम्पनी श्रोतको दाबी छ ।