कजरिया रमेश टाइल्सको ब्रान्ड एम्बेसडरमा दिव्या रायमाझी

कजरिया रमेश टाइल्सको ब्रान्ड एम्बेसडरमा दिव्या रायमाझी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। कजरिया रमेश टाइल्स लिमिटेडले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरिएको घोषणा गरेको छ । शुक्रबार आयोजित वार्षिक कार्यक्रम ‘आर्क एन्ड औरा’को अवसर पारेर कजरिया रमेश टाइल्सका निर्देशक संजय अग्रवालले कम्पनीका बोर्ड मेम्बर, उद्योगकर्मी साझेदारहरू र सम्मानित ग्राहकहरूको उपस्थितिमा सो घोषणा गरेका हुन् ।

कार्यक्रममा उनले दिव्या रायमाझी नै किन उपयुक्त छिन् भन्ने कुरा साझा गर्दै भने, ”दिव्याले हाम्रो ब्रान्डका मूल मूल्यहरू , युवा ऊर्जा, जीवन्त व्यक्तित्व र प्रेरणादायी उपस्थितिलाई प्रतिनिधित्व गर्छिन् । उनको जोसिलो र आकर्षक व्यक्तित्व हाम्रो नयाँ सोच, शैली र गुणस्तरसँग मेल खान्छ। उनी मनोरञ्जन क्षेत्रमा अघि बढ्दैछिन्, र उनको यात्राले हाम्रो उत्कृष्टता र नेतृत्वको प्रतिबद्धता झल्काउँछ ।”

दिव्या रायमाझी, जो आफ्नो मनमोहक अभिनय र आकर्षक उपस्थितिका लागि परिचित छिन्, अब काजरिया रमेश टाइल्स लिमिटेडको आगामी अभियानहरूमा ब्रान्डको आधुनिक र सदाबहार पहिचानको प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा कम्पनीका नयाँ टाइल संग्रह, नवीन डिजाइनहरू प्रदर्शन गरिएको थियो । कजारिया रमेश टाइल्सले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ ।