काठमाडौं। सामसुङ नेपालले आफ्नो प्रिमियम २०२५ क्यूएलइडी टिभी मोडलको नयाँ लाइनअप सार्वजनिक गरेको छ । यसले नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसुङ भिजन एआई प्रविधि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
सुरुआती प्रस्तुतिको केन्द्रमा रहेको सामसुङ भिजन एआईले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टर्टेन्मेन्ट अनुभव दिनेछ । नवप्रवर्तनप्रतिको प्रतिबद्धतामा अडिग रहँदै सामसुङको नयाँ शृंखलाले प्रयोगकर्ताको सम्बन्धलाई स्मार्ट बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
कम्पनीले क्यूएलइडी लाइनअप नेपालभरिका आधिकारिक सामसुङ रिटेल स्टोरमा उपलब्ध गराएको छ । उपभोक्ताका लागि सामसुङले नयाँ क्रिस्टल यूएचडी, एफएचडी/एचडी टिभीको लाइनअप पनि क्यूएलइडी टिभीसँगै बजारमा ल्याएको छ।
नयाँ टेलिभिजन खरिद गर्न चाहने ग्राहकले सामसुङ इन्स्टा फाइनान्स सेवा हुलास फिन्सर्भ हायर पर्चेजद्वारा ईएमआईमा प्राप्त गर्न सक्नेछन् । कम्पनीले मासिक किस्ता ९ हजार ९ सय २७ बाट सुरु गरेको छ भने शून्य प्रतिशत ब्याजदर खरिद गर्न सकिनेछ ।



प्रतिक्रिया