निको चम्किँदा एथलेटिकको जित

निको चम्किँदा एथलेटिकको जित

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। ट्रान्सफर हल्लाबाट मुक्त भएका निको विलियम्सले एथलेटिक बिलबाओलाई पहिलो खेलमै ३–२ को जित दिलाएका छन्।

बार्सिलोनासँग जोडिएको चर्चाबीच आफ्नै क्लबमै रहने संकेत दिएका विलियम्सले ३६औं मिनेटमा पेनाल्टी गोल गर्दै अग्रता दिलाए। त्यसपछि मरोआन सन्नादीले ४३औं मिनेटमा अर्को गोल थपे।

तर, दोस्रो हाफमा सेवियाले फर्कने प्रयास गर्‍यो। डोडी लुकेबाकियोले ६० र ल्युसियन अगुमेले ७२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। अन्ततः रोबर्ट नाभारोले ८१औं मिनेटमा निर्णायक गोल गर्दै एथलेटिकलाई जिताए।

गोलरक्षक उनाई सिमोनले अन्तिमतिर सेवियाका दबाब रोक्दै जित सुरक्षित गरे। यो खेल एथलेटिकका लागि ऐतिहासिक पनि रह्यो। इञाकी विलियम्स (निकोका दाजु) मुख्य कप्तान बनेका छन्।

क्लबको इतिहासमा पहिलोपटक कुनै कालो खेलाडीले पहिलोपल्ट कप्तानी गरेका हुन्। क्लबले परम्परागत रूपमा बास्क क्षेत्रमा जन्मिएका वा हुर्किएका खेलाडीलाई मात्र खेलाउने गर्छ।