महानिरीक्षक राजु अर्यालबाट बढुवा भएका सशस्त्रका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

महानिरीक्षक राजु अर्यालबाट बढुवा भएका सशस्त्रका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विभिन्न तहमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा छ जना, सशस्त्र प्रहरी उपरीक्षक पदमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा एक जना, सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा ४८ जना र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा एक जना तथा अनिवार्य अवकाश पूर्व एक तह विशेष बढुवा हुनुभएका प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षकलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

सो क्रममा महानिरीक्षक अर्यालले सङ्गठनमा सेवारत रहँदा पदोन्नतिको विशेष महत्व हुने र पदोन्नतिसँगै प्राप्त जिम्मेवारी, सकारात्मक, सोच, दृष्टिकोण र कार्यशैलीकासाथ सम्पादन गर्न निर्देशन दिनुभयो । रासस