दुर्गा प्रसाईंद्वारा राजनीतिक दल खोल्ने घोषणा

दुर्गा प्रसाईंद्वारा राजनीतिक दल खोल्ने घोषणा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन मार्फत प्रसाईंले एक व्यवसायीको राजनीतिमा संलग्न हुने रहर नभई बाध्यता भएको बताउँदै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।

उनी राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमाण्डर’ हुन् । उनकै नेतृत्वमा गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएकाे प्रदर्शनपछि सम्पर्कविहीन भएका प्रसाईंलाई भारतबाट स्वदेश ल्याएर उनीमाथि मुद्दा चलाइएको थियो ।

उनले धरौटीमा छुटेको केही समयपछि सोमबार पत्रकार सम्मेलन गरेका हुन् । पत्रकार सम्मेलनमार्फत प्रदर्शनको क्रममा तीनकुनेमा आफूलाई इन्काउन्टर गर्ने तयारी रहेको थाहा पाएर आफू भागेको दाबी गरे । उनले चैत १५ गतेको प्रदर्शन आफू आउनुअघि नै हिंसात्मक बनिसकेको र प्रहरीले घरका छतमा बसेर गोली हानेको बताए ।