काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटलाई “सकारात्मक र न्यानो” भएको भन्दै प्रतिक्रिया दिएका छन्।
गएराति ह्वाइट हाउसमा भएको वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै उनले भेटवार्ता सहज र फलदायी भएको उल्लेख गरे।
जेलेन्स्कीले भने, “ट्रम्पसँग न्यानो र सामान्य वार्ता भयो, परिणामप्रति हामी आशावादी छौं।”
ट्रम्पले यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेट सकेर युरोपेली नेताहरूसँग छलफल गरेका थिए। त्यसपश्चात उनले जेलेन्स्कीलाई भेटेर रुस–युक्रेन युद्ध अन्त्यका सम्भावित उपायबारे कुरा गरेका थिए।
ट्रम्पको यो पहललाई युरोपेली नेताहरूले समेत सकारात्मक रूपमा लिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।



प्रतिक्रिया