बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनलगत्तै सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

प्राधिकरणको अध्यक्षका लागि उनको योग्यताबारे प्रश्न उठाउँदै समितिले प्रतिवेदन बुझाएको थियो । ओझालाई सरकारले गत १२ फागुनमा बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।