पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानलाई त्रिभुवन विश्वविद्यालयबाट पीएचडी उपाधि

पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानलाई त्रिभुवन विश्वविद्यालयबाट पीएचडी उपाधि

साझा पेज
182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले त्रिभुवन विश्वविद्यालयको कानुन संकायबाट “Right of Deprived People in the Federal Set-up of Nepal” विषयमा विद्यावारिधि (Ph.D.) उपाधि हासिल गरेका छन्।

उपाधि प्राप्त भएपछि मुक्ति प्रधानले आफ्नो फेसबुकमा खुशी व्यक्त गर्दै आभार प्रकट गरेका छन्। उनले आफ्नो अनुसन्धानमा सहयोग गर्ने कानुन संकायका डिन, सहायक डिन, सोध सुपरभाईजर, डिन कार्यालयका कर्मचारी, परिवारजन तथा शुभचिन्तक सबैलाई धन्यवाद दिएका छन्।

मुक्ति प्रधानको अनुसन्धान नेपालको संघीय संरचनामा उत्पीडीत जनताको हक सुनिश्चित गर्न योगदान दिने उद्देश्यमा आधारित रहेको उनले बताएका छन्। उनका अनुसार सोधपत्रले सम्बन्धित निकायलाई सुझाव, निष्कर्ष र निचोड प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

उनी कानुनी क्षेत्रमा योगदान गर्दै आएको र हालसम्मको अनुभवलाई शिक्षा तथा अनुसन्धानमा परिणत गर्दै Ph.D. उपाधि हासिल गर्नु नेपालको शैक्षिक र कानुनी क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको छ।

उनले फेसबुकमा लेखेका छन् :

हार्दिक धन्यवाद  !!!

त्रिभूवन विश्व विद्यालय (Tribhuvan University) कानुन संकाय (Faculty of Law) वाट Right of Deprived People in the Federal Set‒up of Nepal विषयमा विद्यावारिधि (Phd) को उपाधि हासिल गर्न पाएकोमा खुसी व्यक्त गर्दै आभार व्यक्त गर्दछु ।

मेरो यस अनुसन्धान तथा सोध कार्यमा नजिकबाट सहयोग र साथ दिनु हुने कानुन संकायको डिन वरिष्ठ अधिवक्ता प्रा.डा.कृष्ण प्रसाद वस्याल, ईलाहावाद युनिभरसिटीका कानुन संकायका डिन आदेश कुमार, वरिष्ठ अधिवक्ता प्रा.डा.डि.एन पराजुली , डा.नेवल चौधरी (सहायक डिन) डा. मृगेन्द्र वहादुर कार्की , वरिष्ठ अधिवक्ता प्रा.डा तारा प्रसाद सापकोटा , प्रा.डा सुरेश कुमार ढुगाना ,सोध सुपरभाईजर प्रा.डा.नुतन चन्द्र सुवेदी , उप.प्रा.डा विष्णु वस्याल ,उप.प्रा.डा विजय प्रसाद जयसवाल,सह.प्रा.केशरमणी अर्याल (सहायक डिन ), पुर्व डिन प्रा.डा अम्वर प्रसाद पन्त.डा. लक्ष्मण कुमार उपाध्याय , प्रा.डा .विनोद वस्याल प्रा.डा. विजय प्रसाद मिश्र लगाएत डिन कार्यालयका कर्मचारी मित्रहरु तथा मेरो शुभचिन्तकहरु , परिवार जन तथा म प्रति सहानुभूति प्रकट गर्नु हुने सवै महानुभावहरुमा हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछु ।

मेरो सोधपत्रले नेपालको संघियतामा उत्पीडीत जनताको हकाधिकारको सुनिश्चित गर्नको लागी मैले सोधपत्रमा उल्लेख गरेको अवधारणाले सम्वद्ध निकायहरुलाई दिएको सुझाव , निष्कर्श र निचोड ग्रहणयोग्य र फलदायी हुने आशा र विश्वास व्यक्त गर्दछु । सल्लाह सुझाव सहयोगको लागी हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।