समाजवादी यात्राको आधार उत्पादन हो : अध्यक्ष दाहाल

समाजवादी यात्राको आधार उत्पादन हो : अध्यक्ष दाहाल

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्ने आधार उत्पादन भएको बताउनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको आर्थिक उत्पादन विभागको पहिलो बैठकमा उहाँले भन्नुभयो, “हामी समाजवादको यात्रातर्फ जाँदैछौँ भने त्सको मूल आधार उत्पादन हो । उत्पादनका निम्ति सिङ्गो पार्टी केन्द्रित नभई समाजवाद सम्भव हुँदैन ।”

हेटौँडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन सङ्घ’निर्णय कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्दै अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने अध्यक्ष दाहालले बताउनुभयो । रासस