प्रधानमन्त्री ओली र भियतनामका उपराष्ट्रपति सुआनबिच भेटवार्ता

प्रधानमन्त्री ओली र भियतनामका उपराष्ट्रपति सुआनबिच भेटवार्ता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आउनुभएको हो।

यसअघि आजै उपराष्ट्रपति रामसहायप्रसाद यादव र उपराष्ट्रपति भो थि आन सुआनबीच भेट भएको थियो। यसअघि उहाँले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरिसक्नुभएको छ। उहाँ भ्रमण पूरा गरेर भदौ सोमबार स्वदेश फर्कने तालिका छ।