अन्तःशुल्क स्टिकर छपाई प्रकरणः पूर्व मुख्यसचिव अर्यालसहित विशेषबाट सफाइ पाएका विरुद्ध अख्तियार सर्वोच्चमा

अन्तःशुल्क स्टिकर छपाई प्रकरणः पूर्व मुख्यसचिव अर्यालसहित विशेषबाट सफाइ पाएका विरुद्ध अख्तियार सर्वोच्चमा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तः शुल्क स्टिकर छपाई प्रकरणमा पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहितका प्रतिवादीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रले अन्तःशुल्क स्टिकर छपाई गर्दा भएको भ्रष्टाचार मुद्दामा पूर्व मुख्यसचिव अर्यालसहितलाई सफाइ दिएको थियो । सो मुद्दामा विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठलाई मात्र दोषी ठहर गरेको थियो ।

डा.अर्याल तत्कालीन समयमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव रहेका थिए । सो मुद्दाका १२ जना प्रतिवादीहरुसँग जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानासमेत मागदाबी गरिएको थियो ।